Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

  • काठमाडौँ । नेपाली बजारमा आज (सोमबार) सुन–चाँदीको भाउ घटेको छ । आइतबार तोलामा एक हजार दुई सय रूपैयाँ बढेको सुनको भाउ यसदिन भने प्रतितोला एक हजार तीन सय रूपैयाँ घटेको हो ।

    onlinepatrika
    Arghakhachi

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९९ हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ । आइतबार सुन प्रतितोला तीन लाख एक हजार रूपैयाँमा कारोबार भएको थियो ।

    AGNI GROUP

    यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार प्रतितोला पाँच हजार दुई सय २५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार एक सय ९० रूपैयाँमा किनबेच भइरहेको छ ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ घटेको हो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार सात सय ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट