Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कामना सेवा विकास बैंकको नाफा १९.३७ प्रतिशतले बढ्यो

कामना सेवा विकास बैंकको नाफा १९.३७ प्रतिशतले बढ्यो

  • काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ५८ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.३७ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्ममा बैंकले ४९ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

    onlinepatrika
    Arghakhachi

    बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी ९.२६ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ९.६० प्रतिशत बढेको छ । बैंकको कुल सञ्चालन आम्दानी ८.४४ प्रतिशत बढेको छ ।

    AGNI GROUP

    बैंकको प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ ५७ पैसा रहेको छ भने बैंकको निष्क्रिय कर्जा ४.४ प्रतिशत पुगेको छ । बैंकको वितरणयोग्य मुनाफा १६.४६ प्रतिशत घटेको छ । बैंकको प्रतिशेयर आम्दानी २० रुपैयाँ ३२ पैसा पुगेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १४ रुपैयाँ ४२ पैसामा झरेको छ ।

    बैंकको चुक्ता पुँजी ४ अर्ब २१ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब ४५ करोड रुपैयाँ सञ्चित छ । यस अवधिमा ६४ अर्ब ९५ करोड ७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ५३ अर्ब ५३ करोड ८६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट