
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । सरकारले कोभिसिल्ड खोप खरिद गर्न प्रक्रिया अगाडि बढाएको छ । रकम भुक्तानी, बैंक ग्यारेन्टी र धरौटीसम्बन्धी सार्वजनिक खरिद ऐन–२०६३ को व्यवस्था यसपटक लागू नहुने गरी सिरम इष्टिच्युट अफ इन्डियाबाट थप २० लाख डोज खोप खरिद गर्ने प्रक्रिया अगाडि बढाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले खरिद ऐन २०६३ को व्यवस्था बाधक देखिने भएपछि त्यसलाई सच्याउने निर्णय गरिएको हो । कोरोनाविरुद्धको खोप प्रतिडोज चार अमेरिकी डलरका दरमा २० लाख डोज खोप अग्रिम भुक्तानी गर्ने गरी खरिद प्रक्रिया अगाडि बढाउन स्वास्थ्य सेवा विभागलाई अख्तियारी दिने निर्णय गरिएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij