
Jul 28 2025 | २०८२, साउन १२ गते
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण, डोटी वितरण केन्द्र अन्तर्गत पर्ने दुईवटा गाउँपालिकामा आजबाट पाँच दिनसम्म दैनिक ९ घण्टा विद्युत् अवरुद्ध हुने जनाएको छ ।
डोटी वितरण केन्द्रले सुचना प्रकाशित गर्दै पाँच दिनसम्म बिहान ७ देखि १२ र दिउँसो ३ देखि ७ बजेसम्म विद्युत् अवरुद्ध हुने जानकारी दिएको हो ।
सूचना अनुसार डोटीको आदर्श र सायल गाउँपालिकामा विद्युत् अवरुद्ध हुने भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij