Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

वीर अस्पताल

वीरअस्पतालमा दाँत उपचारमा पालो पाउन ६ महिना

वीरअस्पतालमा दाँत उपचारमा पालो पाउन ६ महिना

  • काठमाडौं । वीरको दाँत सेवामा पनि दाँतका जरा भर्ने सेवा पाउन भने महिनौं कुर्नुपर्ने बाध्यता कायमै छ। वीर अस्पताल डेन्टल विभाग रुट क्यानल ट्रिटमेन्ट एकाइकी डा. रितु श्रेष्ठका अनुसार बिरामीको चापअनुसार डेन्टल कुर्सीको व्यवस्थापन हुन नसक्दा बिरामीले ६ महिना पालो कुर्नुपर्छ।

    onlinepatrika
    Arghakhachi

    हाल यो एकाइमा सातवटा मात्र डेन्टल कुर्सी सञ्चालनमा रहेको र कुर्सी थप गर्न खोजे पनि ठाउँ अभावले सीमित कुर्सीका भरमा सेवा दिनुपरेको उनको भनाइ छ।

    AGNI GROUP

    ‘हालै तीनवटा डेन्टल कुर्सी थपिएको हो। तीनवटा थप्न खोजेको ठाउँ नै भएन।’ सातवटा कुर्सीका भरमा दैनिक औसत ४५ जनाको मात्र दाँतका जरा भर्न सम्भव भएको श्रेष्ठले बताइन्। सीमित कुर्सीका भरमा सेवा दिँदा उपचारमा ढिलाइ भई दाँतमा जटिलता बढ्ने डा. श्रेष्ठ बताउँछिन्।

    ‘जरा भर्ने दाँतका लागि समयमै उपचार भएन भने किराले जरै खाइदिन सक्छ, यस्तो बेलामा दाँत नै उखेल्नुपर्ने अवस्था आउन सक्छ’, उनले भनिन्। चिकित्सकका अनुसार बिरामीको चापअनुसार कुर्सी नहुँदा यो पालो दिने र लिने दुवैलाई अप्ठेरो परेको छ। सेवा दिनका लागि लामो अवधिको पालो व्यवस्थापनमा एकाइलाई समय लाग्छ नै।

    पालो कुरेर आउने बिरामी पालै लिनका लागि तीनपटक पुग्नुपर्छ। मुस्किलले पाएको पालो पनि भुलवश तोकेको दिनमा बिरामी सेवा लिन गएन भने पुनः ६ महिनापछि मात्र पालो आउने पद्धति छ। हालै असारमा खुलेको पालोअनुसार असोज महिनासम्म पालो बुक भइसकेको छ। कात्तिकपछि मात्र अर्को चरणको पालो आउँछ।

    यो एकाइअन्तर्गत दाँतका जरा भर्ने र किराले खाएको प्वाल टाल्ने सेवा प्रदान गरिन्छ। यी दुई सेवामध्येमा सिमेन्ट भर्ने सेवा केही छिटो हुन्छ भने जरा भर्ने सेवाका लागि महिनौं लाग्छ।

    वीरमा दाँतको सेवामा भएको गुणस्तरकै कारण बिरामीको बढी चाप हुने गरेको छ। यो अस्पताल बाहिर सेवा लिँदा महँगो पर्ने र गुणस्तरको सुनिश्चितता नहुने कारणले धनी र गरिब दुवै बिरामी पालो कुरेरै भए पनि सेवा लिन आउने कारण बढी चाप रहेको हो।

    यो चाप व्यवस्थापन गर्न एकाइले पटकपटक प्रयास गरे पनि अहिलेसम्म उचित समाधान हुन नसकेको उनको भनाइ छ। वीरले छुट्टै डेन्टल अस्पताल निर्माण गरेमा मात्र समस्याको दिगो समाधान सम्भव देखिन्छ।

    वीरले भिन्नै डेन्टल अस्पताल निर्माण गर्ने विषयमा छलफल गरेको भए पनि अहिलेसम्म प्रक्रिया अघि बढ्न सकेको छैन।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट