Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

कोरोना जित्नेहरुको संख्या बढ्यो !

कोरोना जित्नेहरुको संख्या बढ्यो !

  • काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३ सय ६० जनाको नमुना पीसीआर परीक्षण गर्दा १०५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुने मध्ये ४० महिला र ६५ जना पुरुष रहेका छन्।

    images
    images
    images

    योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७२ हजार ९४५ पुगेको छ । २ लाख ६९ हजार ३०३ जनाले कोरोना जितेका छन् । पछिल्लो २४ घण्टामा ९९ जनाले कोरोना जितेका छन् । १ हजार ५८१ जना संक्रिय संक्रमित रहेका छन्।

    अहिले १५ सय ८७ जनाको आइसोलेसनमा उपचार भइराखेको छ । अहिलेसम्म नेपालमा २ हजार ५५ जनाको मृत्यु भएको छ । शनिबार र आइतबार मृतकको संख्या शून्यमा झरेको थियो । सोमबार भने एक जनाको मृत्यु भएको थियो भने मंगलबार फेरि मृतकको संख्या शून्यमा छ । अहिलेसम्म २१ लख २३ हजार ९५१ जनाको पीसीआर परीक्षण भएको छ। नेपालमा हाल ७४ जना क्वारेन्टाइनमा छन् ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij