Jun 04 2026 | २०८३, जेठ २१ गते
ललितपुर । ललितपुर क्षेत्र नं. १ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विजयी भएका सांसद बुद्धरत्न महर्जन घाइते भएका छन् । सांसद महर्जनलाई लेलेमा मतदाता भेटघाट तथा धन्यवाद कार्यक्रममा सहभागी हुने क्रममा मोटरसाइकलले ठक्कर दिएको थियो । महर्जनको खुट्टामा चोट लागेको छ । हाललाई पूर्वनिर्धारित कार्यक्रम स्थगित गरिएको महर्जनका निकट सहयोगी कृष्ण सिंजापतिले अनलाइन पत्रिकालाई बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij