Jun 04 2026 | २०८३, जेठ २१ गते
ललितपुर । हरिसिद्धिस्थित होसन्ना ईट्टाभट्टाको वाल भत्किएर एकजनाको मृत्यु भएको छ । सोही घटनामा चार घाइते भएका छन् । घाइतेहरुको मिडसिटी अस्पतालमा उपचार भइरहेको प्रहरी परिसर जावलाखेलले जनाएको छ । घटनामा मृत्यु हुनेमा तिल्सरी खड्का (५५) रहेकी छन् ।
जानकी चन्द (२७) को अवस्था गम्भिर भएकोले थप उपचारको लागी मोडल अस्पतालमा रिफर गरिएको बताइएको छ । घाइते हुनेहरुमा शान्ति कुँवर (२७), नन्द कुमारी मगर (४६), सुमा कुमाल (१९) रहेका छन् ।

प्रहरी परिसर ललितपुरमा प्रमुख तथा एसएसपी होमिन्द्र बोगटी, सातदोबाटो वृत्तकी प्रमुख डिएसपी पुर्णिमा चन्दसहितको टोलीले घटनास्थल निरिक्षण गर्नुका साथै अस्पतालमा उपचारमा रहेका घाइतेहरुको स्वास्थ्य जानकारी लिएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij