Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) यसबर्ष चैत १९ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परिक्षा बोर्डले यसबारे जानकारी गराएको हो । यस बर्ष सप्तरीबाट नौ हजार दुई सय ६९ जना विद्यार्थी सहभागी हुने जिल्ला शिक्षा समन्वय इकाई सप्तरीले जनाएको छ ।
जिल्ला शिक्षा समन्वय इकाई सप्तरीका अनुसार छात्र चार हजार ६ सय १६ र छात्रा चार हजार ६ सय ५३ गरी कुल नौ हजार दुईसय ६९ जना विद्यार्थी एसइई परीक्षामा सहभागी हुने छ ।
जिल्लामा रहेको समुदायिक ९४ र संस्थागत ५६ गरी एक सय ५० विद्यालयका विद्यार्थी एसइईमा सहभागी हुने जिल्ला शिक्षा समन्वय इकाई सप्तरीले जनाएको छ । परीक्षा सञ्चालनका लागि जिल्लामा ३९ वटा परीक्षा केन्द्र तोकिएको छ । अहिले केन्द्रमा आवश्यक जनशक्ति व्यवस्थापन गर्ने काम भइराखेको जनाएको छ ।
परिक्षालाई मर्यादित र सुरक्षित बनाउन नेपाल प्रहरीसहितका सुरक्षा निकायहरुसंग समन्वय गरि सुरक्षा व्यवस्था मिलाइएको जिल्ला शिक्षा समन्वय इकाई सप्तरीले जनाएको छ
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij