Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

सातदोबाटोमा हावाहुरीको असर

सेल्सबेरीको बोर्ड ढल्यो, तीन गाडीमा क्षति

सेल्सबेरीको बोर्ड ढल्यो, तीन गाडीमा क्षति

  • ललितपुर: सोमबार साँझ आएको अचानकको हावाहुरीका कारण ललितपुरको सातदोबाटो क्षेत्रमा रहेको सेल्सबेरी डिपार्टमेन्टल स्टोरको ब्राण्ड बोर्ड ढल्दा तीनवटा सवारीसाधनमा क्षति पुगेको छ। यद्यपि उक्त घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

    onlinepatrika
    Arghakhachi

    स्थानीयका अनुसार साँझतिर आएको तीव्र हावाहुरीले स्टोरको बाहिरी भागमा जडान गरिएको ठूलो ब्राण्ड बोर्ड हल्लिन थालेपछि केही समयमै सडकतर्फ ढलेको थियो। बोर्ड ढल्दा त्यहाँ पार्क गरिएका तीनवटा गाडीमा प्रत्यक्ष असर परेको हो। गाडीका सिसा फुट्नुका साथै केही भागमा डेन्ट परेको बताइएको छ।

    AGNI GROUP

    घटना लगत्तै स्थानीय बासिन्दा र सुरक्षाकर्मीले सडकमा ढलेको संरचना हटाउन प्रयास गरेका थिए। केही समयका लागि उक्त क्षेत्रमा सवारी आवागमन प्रभावित भएको थियो। पछि प्रहरी र स्थानीयको सहयोगमा बोर्ड हटाइएपछि सडक सञ्चालन सामान्य बनेको थियो। स्थानीय व्यापारीका अनुसार हावाहुरी निकै तीव्र रहेकोले आसपासका साइनबोर्ड र हल्का संरचनाहरू समेत हल्लिएका थिए। “एक्कासी ठूलो आवाज आयो, बाहिर हेर्दा सेल्सबेरीको बोर्ड गाडीमाथि खसेको देखियो,” एक स्थानीयले बताए।

    घटनास्थलमा पुगेको प्रहरीले प्रारम्भिक रूपमा मानवीय क्षति नभएको पुष्टि गरेको छ। दुर्घटनामा परेको गाडीहरूका मालिकहरूलाई जानकारी गराइएको र क्षतिको विवरण संकलन भइरहेको बताइएको छ।

    तस्वीर सौजन्य : रामशरण बस्नेत

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij