Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कंक्रिटमा बन्द गरिएको छात्रा हत्या प्रकरण

जापानको जनतालाई आक्रोशित बनाएको त्यो घटना

जापानको जनतालाई आक्रोशित बनाएको त्यो घटना

  • घटना सन् १९८८ नोभेम्बर २५ को हो । जापानकी १७ वर्षीया किशोरी जुनको फुरुता विद्यालयबाट घर फर्किने क्रममा चार जना किशोर हिरोशी मियान, जो मिनाटो, यासुशी वतानाबे र शिन्जी ओगुराले अपहरण गरे। उनीहरू सबै १८ वर्ष मुनिका थिए। अपहरणपछि उनलाई एउटा घरमा बन्दी बनाएर करिब ४० दिनसम्म अत्यन्त शारीरिक तथा मानसिक यातना दिइयो। उनलाई बारम्बार अनुहारमा मुुक्का प्रहार गरियो र मियानोले लाइटरले उनको खुट्टामा आगो लगाएर जलाए साथै विभिन्न वस्तुहरू फलामको रड र बोतल उनको शरीरभित्र जबरजस्ती हालेर यातना दिइन्थ्यो।

    onlinepatrika
    Arghakhachi

    लगातारको यातना सहन नसकी अन्ततः सन् १९८९ जनवरी ४ मा उनको मृत्यु भयो। उनको मृत्यु भएपछि ती अपराधीहरूले शव कंक्रिटले भरिएको फलामको ड्रमभित्र राखेर लुकाएका थिए। करिब तीन महिनापछि मात्र त्यो ड्रम फेला परेको थियो। घटना जापानको इतिहासमै सबैभन्दा क्रूर अपराधमध्ये एक मानिन्छ। यही कारण यो घटनालाई जापानमा “कंक्रिटमा बन्द गरिएको छात्रा हत्या प्रकरण” भनेर चिनिन्छ।

    AGNI GROUP

    उनको मृत्यु भएपछि ती अपराधीहरूले शव कंक्रिटले भरिएको फलामको ड्रमभित्र राखेर लुकाएका थिए। करिब तीन महिनापछि मात्र त्यो ड्रम फेला परेको थियो। घटना जापानको इतिहासमै सबैभन्दा क्रूर अपराधमध्ये एक मानिन्छ।

    जुनको फुरुताको जन्म सन् १९७१ जनवरी १८ मा जापानको साइटामा प्रान्तको मिसातो सहरमा भएको थियो। उनका परिवारमा आमाबुबा, एक दाइ र एक भाइ थिए। उनी याशियो मिनामी उच्च माध्यमिक विद्यालयमा अध्ययनरत थिइन्। उनी पढाइमा राम्रो, अनुशासित र मिलनसार विद्यार्थीका रूपमा चिनिन्थिन्। विद्यालयका शिक्षकहरूले उनलाई शान्त स्वभावकी, मेहनती र जिम्मेवार विद्यार्थीका रूपमा वर्णन गरेका थिए।

    विद्यालयपछि उनी प्लास्टिक बनाउने कारखानामा आंशिक समय काम गर्थिन्। त्यहाँबाट कमाएको पैसा उनले आफ्नो स्नातकपछि जाने यात्राका लागि बचत गरिरहेकी थिइन्। पढाइ सकिएपछि इलेक्ट्रोनिक्स पसलमा काम गर्ने योजना पनि उनले बनाएकी थिइन्। भविष्यमा गायिका बन्ने सपना पनि उनको मनमा थियो।

    जुनको फुरता अत्यन्त दयालु, सहयोगी र परिवारप्रेमी स्वभावकी थिइन्। तर उनको अत्यन्तै दुःखद अन्त्य भयो। उनी अपहरणमा परेपछि गरिएको अमानवीय अत्याचारले सम्पूर्ण जापानलाई स्तब्ध बनायो। यो घटना सार्वजनिक भएपछि समाजभर ठूलो आक्रोश फैलिएको थियो, किनकि यति लामो समयसम्म यस्तो अपराध भइरहँदा पनि कसैले समयमै प्रहरीलाई खबर नगरेको तथ्यले धेरैलाई झनै पीडित बनायो। आजसम्म पनि यो घटना मानव क्रूरताको अत्यन्त दुःखद उदाहरणका रूपमा स्मरण गरिन्छ, छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट