Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

गोरखा माइक्रोबस दुर्घटना

ज्यान गुमाउने सातै जनाको पहिचान खुल्यो

ज्यान गुमाउने सातै जनाको पहिचान खुल्यो

  • काठमाडौं । शहीद लखन गाउँपालिका– ३ कान्टारमा शनिबार भएको यात्रुवाहक माइक्रोबस दुर्घटनाको मृतकको पहिचान खुलेको छ । बा.प्र.०१–००६ ख ८४३० नम्बरको सो माइक्रोबसमा मनकामना दर्शन गरेर फर्कँदै गरेका यात्रु सवार रहेका थिए ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रहरी कार्यालयका प्रमुख भरतबहादुर विकका अनुसार दुर्घटनामा परेर निधन हुने ७ जना भारतीय नागरिक छन् । भारतका करिब ५८ वर्षीय मुतु कुमार, ५८ वर्षकै अनामलिक, ५९ वर्षकी मीनाक्षी, ५३ का सिवगामी, ५७ वर्षका विजायल, ५८ वर्षकी मीना र ६० वर्षका तमिलारसीको घटनास्थलमा नै मृत्यु भएको छ ।

    AGNI GROUP

    मनकामना दर्शन गरेर फर्केका १६ जना भक्तजन सवार विद्युतीय माइक्रोबस दुर्घटनामा परेको हो । सडकखण्डबाट करिब २०० मिटर तल खसेको माइक्रोको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने जनाइको छ । प्रहरी प्रमुख विकका अनुसार घटनाका घाइतेलाई उद्धार गरी थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवन लगिएको छ । ६२ वर्षका सोरनम, ६५ वर्षका मङ्गदा जलम, ७५ वर्षकी सुभाद्रा, ६५ वर्षकी मायाल, ७३ वर्षकी सरोजा, ७५ वर्षकी भाग्यलक्ष्मी र ३४ वर्षकी मीनाक्षीको उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    चालक लमजुङको बेँसीसहर नगरपालिका– १ का ४६ वर्षका पुष्प मल्ल ठकुरी सकुशल छन् भने सहचालक बेँसीसहर नगरपालिका– ३ का २९ वर्षका सन्तोष गुरुङ घाइते छन् ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij