Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

काठमाडौँ महानगरमा आधारभूत तह उत्तीर्ण परीक्षा चैत ५ गतेदेखि

काठमाडौँ महानगरमा आधारभूत तह उत्तीर्ण परीक्षा चैत ५ गतेदेखि

  • काठमाडौँ । काठमाडौँ महानगरले शैक्षिक सत्र २०८२ को आधारभूत तह (कक्षा ८ को) उत्तीर्ण परीक्षाका लागि ५७ वटा केन्द्र तोकेको छ । चैत ५ गतेदेखि सञ्चालन हुने परीक्षाका लागि आधारभूत तह परीक्षा समितिको आज बसेको बैठकले परीक्षा केन्द्र तोकेको हो । गएको माघ १४ गते बसेको बैठकले चैत ५ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । 

    onlinepatrika
    Arghakhachi

    यस वर्ष ४९४ वटा विद्यालयका १९ हजार ११७ जना विद्यार्थी आधारभूत तह उत्तीर्ण परीक्षामा सहभागी हुँदैछन् । यसमा १० हजार ७४५ जना छात्र र ८ हजार ३७२ जना छात्रा छन्। विद्यालयको प्रकृतिका आधारमा हेर्दा, २ वटा कारागार र एउटा विशेषसहित ७७ वटा सामुदायिक विद्यालयका ४ हजार ६१४ जना, २० वटा वैकल्पिक विद्यालयका ८३७ जना, ६ वटा धार्मिक विद्यालयका ७० जना र ३९१ वटा संस्थागत विद्यालयका १३ हजार ५९६ जना विद्यार्थीले परीक्षामा सहभागी सहभागी हुने परीक्षा समितिका अध्यक्ष एवं शिक्षा विभागका प्रमुख नमराज ढकालले जानकारी दिए । उनका अनुसार गएको वर्ष १८ हजार २९४ जना विद्यार्थीले परीक्षा दिएका थिए । यसरी हेर्दा गएको वर्षभन्दा यस वर्ष ८२३ जना बढी विद्यार्थीले परीक्षा दिँदैछन् । 

    AGNI GROUP

    परीक्षालाई विश्वसनीय, व्यवस्थित र प्रभावकारी बनाउँदै संस्थागत विद्यालयहरुको कक्षा ८ को वार्षिक परीक्षासमेत महानगरपालिकाबाटै सञ्चालन, व्यवस्थापन र प्रमाणीकरण हुनेछ । यस वर्ष होम सेन्टर नपर्ने गरी ४७ वटा सामुदायिक विद्यालयमा र १० वटा संस्थागत विद्यालयमा गरेर ५७ वटा विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको समितिका सदस्य सचिव एवं विद्यालय व्यवस्थापन महाशाखा प्रमुख इन्द्रप्रसाद दाहालले जानकारी दिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट