Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । इरानले कतारमा रहेको अमेरिकी सैन्य बेसमा मिसाइल प्रहार गरेको छ । कतारको रक्षा मन्त्रालयले इरानतर्फबाट प्रहार गरिएका दुई ब्यालेस्टिक मिसाइलले निशाना बनाएको थियो ।
मन्त्रालयका अनुसार, तीमध्ये एउटा मिसाइललाई कतारको एयर डिफेन्स सिस्टमले आकाशमै मारेर निष्क्रिय पारेको थियो । अर्को मिसाइल अल उदेद एयर बेसमा खसेको छ, जुन क्षेत्रमा अमेरिकाको सबैभन्दा ठूलो सैन्य ठाँउ रहेको छ ।
आक्रमणमा कसैको ज्यान गएको वा घाइते भएको सूचना नआएको कतारी सरकारले बताएको बीबीसीले उल्लेख गरेको छ । अहिलेसम्म यस विषयमा अमेरिकाबाट कुनै प्रतिक्रिया आएको छैन ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij