Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

इरानको आक्रमणबाट बहराइनस्थित अमेरिकी सैन्य अखडा ध्वस्त

इरानको आक्रमणबाट बहराइनस्थित अमेरिकी सैन्य अखडा ध्वस्त

  • काठमाडौं । इरानको रिभोल्युसनरी गार्डले बहराइनस्थित अमेरिकी एयरबेसलाई ध्वस्त पारिएको दावी गरेको छ । इरानी सरकारी समाचार एजेन्सीले ड्रोन आक्रमण गरेर शेख इसास्थित अमेरिकी हवाइ सेनाको अखडालाई तहसनहस पारिएको जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    अमेरिकी सेना बसेको भवन नष्ट भएको र इन्धन ट्यांक पनि विष्फोट भएको दावी गरिएको छ । फार्स न्युज एजेन्सीले जारी गरेको भिडिओमा टाढाबाट अमेरिकी सैन्य शिविरमा रकेट हमला भइरहेको देखाइएको छ ।

    AGNI GROUP

    यो हमलाबारे अमेरिकाले केही प्रतिक्रिया दिएको छैन । यसअघि अमेरिकी नौसैनिक अड्डामा धुँवा उडेको देखाइएको थियो ।

    यसैबीच अमेरिकाले बहराइनसहित अन्य देशमा रहेका आफ्ना नागरिकलाई तत्काल त्यहाँबाट बाहिर निस्कन सूचना जारी गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट