Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

अमेरिकाले मध्यपूर्वमा रहेका आफ्ना नागरिकलाई भन्यो– सक्दो चाँडो बाहिरिनू

अमेरिकाले मध्यपूर्वमा रहेका आफ्ना नागरिकलाई भन्यो– सक्दो चाँडो बाहिरिनू

अमेरिकी विदेश मन्त्रालयले आक्रमणको खतराका कारण मध्यपूर्वका देशहरू छोड्न आफ्ना नागरिकलाई आग्रह गरेको हो ।

  • काठमाडौं । अमेरिकाले मध्यपूर्वका देशमा रहेका आफ्ना नागरिकहरूलाई सक्दो चाँडो बाहिरिन आग्रह गरेको छ । अमेरिकी विदेश मन्त्रालयले आक्रमणको खतराका कारण मध्यपूर्वका देशहरू छोड्न आफ्ना नागरिकलाई आग्रह गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    ती देशहरूमा बहराइन, मिस्र, इरान, इराक, इजरायल, वेस्ट बैंक, गाजा, जोर्डन, कुवेत, लेबनान, ओमन, कतार, साउदी अरब, सीरिया, संयुक्त अरब इमिरेट्स र यमन समावेश छन् ।

    AGNI GROUP

    इरान मध्यपूर्वका देशहरूमा रहेका अमेरिकी सैन्य बेसमाथि आक्रमण गरिरहेका बेला अमेरिकी विदेश मन्त्रालयकातर्फबाट पछिल्लो बयान आएको हो । इजरायल र अमेरिकाले शनिवारदेखि इरानमाथि हमला सुरू गरेका थिए ।

    आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनीको मृत्यु भएको छ । त्यसपछि इरानले पनि इजरायल र अमेरिकाका सैन्य बेसक्याम्प रहेका खाडी मुलुकमाथि हमला जारी राखेको छ । साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण भएको छ । दूतावासको भवनमा दुईवटा ड्रोनबाट आक्रमण भएको साउदीको रक्षा मन्त्रालयले पुष्टि गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij