Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एक मन्त्रीको बेलायतमा ५१८ वटा फ्ल्याट !

एक मन्त्रीको बेलायतमा ५१८ वटा फ्ल्याट !

  • काठमाडौँ । बंगलादेशको एक अदालतले शेख हसिनाको अवामी लिग सरकारका पूर्वमन्त्री सैफुज्जमान चौधरी जावेदको बेलायतमा रहेको ५१८ फ्ल्याट र अपार्टमेन्ट जफत गर्ने आदेश दिएको छ । सैफुज्जमान चौधरी जावेद अवामी लिग सरकारमा भूमिमन्त्री थिए ।

    onlinepatrika
    Arghakhachi

    ढाका ट्रीब्युनका अनुसार बंगलादेश भ्रष्टाचार विरोधी आयोग (एसीसी) को निवेदनको सुनुवाइपछि ढाका महानगरका वरिष्ठ विशेष न्यायाधीश सब्बीर फैजले यस्तो आदेश जारी गरेका हुन् ।

    AGNI GROUP

    अदालतले पूर्वमन्त्री जावेदका ५१८ फ्ल्याट र अपार्टमेन्टहरूको मूल्य २७१.८ मिलियन पाउण्ड रहेको बताएको छ ।

    अदालतमा गरिएको आफ्नो निवेदनमा, एसीसीले अचल सम्पत्तिहरू अर्को नाममा स्थानान्तरण हुनबाट रोक्नको लागि जफत गर्नु आवश्यक रहेको बताएको छ ।

    जावेदले २०१४ देखि २०१८ सम्म भूमि राज्यमन्त्री र २०१९ देखि २०२३ सम्म भूमिमन्त्रीको रूपमा काम गरेका थिए । उनलाई २०२४ को संसदीय चुनावअघि विदेशमा ठूलो सम्पत्ति रहेको आरोप लागेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij