Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पोखरा विश्वविद्यालयका ६ हजार ६२२ विद्यार्थी दीक्षित हुँदै

पोखरा विश्वविद्यालयका ६ हजार ६२२ विद्यार्थी दीक्षित हुँदै

  • काठमाडौं । पोखरा विश्वविद्यालयमा अध्ययन गरेका ६ हजार ६२२ जना आज दीक्षित हुँदै छन् । 

    onlinepatrika
    Arghakhachi

    पोखरा महानगरपालिका–३० खुदी ढुङ्गेपाटनमा आयोजना हुने २१ औँ दीक्षान्त समारोहमा विभिन्न तह र संंकायमा उच्च शिक्षा हासिल गरेकाहरूलाई उपाधि प्रदान गरिने  विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिए ।

    AGNI GROUP

    व्यवस्थापन संंकाययबाट तीन हजार ६२५, विज्ञान तथा प्रविधि संंकायबाट दुई हजार ५०६, स्वास्थ्य विज्ञानबाट ३६५ र मानविकी तथा सामाजिक शास्त्र संंकायबाट १२६ जनालाई उपाधि दिइने छ । 

    उक्त अवसरमा स्नातकोत्तर तहमा सबैभन्दा उच्च अंक ल्याउने विद्यार्थीलाई कुलपति पदक र स्नातक तहमा उत्कृष्ट हुनेलाई उपकुलपति पदक प्रदान गरिनेछ । स्नातक तहको बिसिए कार्यक्रममा उच्चतम अंक ल्याउनेलाई ‘अक्सफोर्ड’ पदक प्रदान गरिनेछ ।

    शैक्षिक उत्कृष्टता प्रदर्शन गर्ने ६६४ जना विद्यार्थी यस वर्ष ‘डीन लिस्ट’ उपाधिबाट सम्मान गरिने छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट