Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

बन्द हुने अवस्थामा अमेरिकाको आन्तरिक सुरक्षा मन्त्रालय

बन्द हुने अवस्थामा अमेरिकाको आन्तरिक सुरक्षा मन्त्रालय

  • काठमाडौं । बजेट अभावका कारण कामकाज ठप्प हुने स्थितिमा अमेरिकाको आन्तरिक सुरक्षा मन्त्रालय पुगेको छ । डेमोक्रेटिक पार्टीले अध्यागमनका एजेन्टहरूमाथि नयाँ प्रतिबन्ध लगाउने माग गरिरहँदा अमेरिकी सिनेटले मन्त्रालयको लागि खर्च विनियोजन गर्ने विधेयकलाई अगाडि बढाउन सकेको छैन । 

    onlinepatrika
    Arghakhachi

    शनिबार मध्यरातको समयसीमा नजिकिँदै जाँदा अनिश्चितता बढेको छ । बिहीबार खर्च विधेयकमाथि भएको मतदान विधेयक पारित गर्नबाट थोरै मतले चुकेको थियो ।

    AGNI GROUP

    डेमोक्रेट सांसदहरूले आप्रवासन निकाय (आईसीई)माथि कडा निगरानी र नयाँ प्रतिबन्धको माग गर्दै विधेयकको विरोध गरेका हुन् । उनीहरूले एजेन्टहरूले मास्क लगाउन नपाउने, बडी क्यामेरा अनिवार्य गर्नुपर्ने, जातीय प्रोफाइलिङ रोक्नुपर्ने तथा निजी सम्पत्तिमा प्रवेशअघि न्यायिक अनुमति आवश्यक हुने जस्ता माग अघि सारेका छन् ।

    यी प्रस्तावलाई सामान्य र आवश्यक सुधार भन्दै डेमोक्र्याट नेता चक शुमरले यी सुधार बिना बजेट स्वीकृत नगर्ने बताएका छन् । रिपब्लिकन पक्षले भने यस्तो प्रतिबन्धले सुरक्षा काममा असर पर्ने तर्क गरिरहेका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij