Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । फागुन महिनाको पहिलो कारोवार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तीन हजार रुपैयाँले घटेको हो ।
बिहीबार ३ लाख ६ हजार ५ सय रुपैयाँमा कारोवार भएको सुन आज घटेर ३ लाख ३ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको छ । यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदी आज ३४० रुपैयाँले घटेर ५ हजार रुपैयाँमा कारोवार भैइरहेको छ ।
बिहीबार चाँदी प्रतितोला ५ हजार ३४० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij