Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

निर्वाचन निष्पक्ष र भयरहित बनाउन सरकारलाई ध्यानाकर्षण

निर्वाचन निष्पक्ष र भयरहित बनाउन सरकारलाई ध्यानाकर्षण

  • काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

    onlinepatrika
    Arghakhachi

    बैठकको शून्य समयमा बोल्दै सांसदहरूले आगामी फागुन २१ गते हुने निर्वाचनका सन्दर्भमा सम्भावित सुरक्षा चुनौतीप्रति गम्भीर बन्न सरकारलाई आग्रह गरे ।

    AGNI GROUP

    सांसद कृष्णबहादुर रोकायाले सुरक्षाकर्मीमाथि भएका आक्रमणका घटनाले निर्वाचनको सुरक्षा व्यवस्थापन र प्रहरीको मनोबलमा नकारात्मक असर पर्नसक्ने भन्दै चिन्ता व्यक्त गरे । सांसद पदमबहादुर परियार र विष्णुदेवी पुडासैनीले मतदाताले ढुक्क र शान्तिपूर्ण वातावरणमा मतदान गर्न पाउने सुनिश्चितता गर्न सरकारसँग माग गरिन् । सांसद परियारले गैरआवासीय नेपाली संघ (एनआरएन)को निर्वाचनमा सरकारको भूमिकाबारे प्रश्न उठाइन् ।

    सांसद घनश्याम रिजालले निर्वाचन नजिकिँदै जाँदा बजारमा कृत्रिम अभाव र कालोबजारी बढेको उल्लेख गर्दै प्रभावकारी बजार अनुगमन गर्न सरकारको ध्यानाकर्षण गराए ।

    शून्य समयमा बोल्दै सांसदहरूले तामाकोसी बस दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गरे । मृतकका परिवारलाई आवश्यक राहत उपलब्ध गराउन सभामुखमार्फत सरकारसँग माग राख्दै उहाँहरूले घाइतेहरूको उपचारका लागि आवश्यक सबै प्रकारका सहयोग सुनिश्चित गर्न पनि ध्यानाकर्षण गराए ।

    सांसद रेणु चन्द र श्रीकृष्णप्रसाद अधिकारीले बढ्दो सडक दुर्घटना न्यूनीकरणका लागि सरकार गम्भीर हुनुपर्ने बताउँदै सुरक्षित सडक यात्राका लागि सरोकारवाला सबै पक्षको सक्रियता आवश्यक रहेको उल्लेख गरे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट