Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

रुसको आक्रमणमा परेर युक्रेनमा बालबालिकासहित ४ जनाको मृत्यु

रुसको आक्रमणमा परेर युक्रेनमा बालबालिकासहित ४ जनाको मृत्यु

  • काठमाडौं । रुसले पश्चिम खार्किभको एक शहरमा गरेको आक्रमणमा कम्तिमा ४ जनाको मृत्यु भएको छ । मर्नेमा ३ जना बालबालिका रहेको बताइएको छ ।

    onlinepatrika
    Arghakhachi

    खार्किभका क्षेत्रीय सैन्य प्रशासन प्रमुख ओलेग सिनेगुबोभका अनुसार आक्रमणमा परेर घरभित्र रहेका एक वर्षीय बालक, दुई वर्षकी बालिका र ३४ वर्षीय पुरुषको मृत्यु भएको हो । यस हमलामा ३५ वर्षकी गर्भवती महिला र ७६ वर्षकी अर्की महिला घाइते भएका छन् ।

    AGNI GROUP

    मंगलवार राति भएको यो हमला एक हप्ताभरिको ब्रेकपछि रूसले पुनः हवाई आक्रमण सुरु गरेको समयमा भएको हो । डोनेत्स्कको स्लोभ्यान्स्क शहरमा रुसले बम प्रहारमा दुई जनाको मृत्यु भएको बताइएको छ । मर्नेमा एक जना ११ वर्षकी बालिका पनि छिन् । 

    त्यस्तै सोमबार राति देशभर भएका ड्रोन हमलाले हजारौँ मानिस बिजुलीबिहीन भएका छन् । कठोर चिसोका बीचमा बोहोदुखिभमा चिसोले एक आमासहित उनका १० वर्षीय छोराको पनि मृत्यु भएको बताइएको छ । ऊर्जा स्थिति गम्भीर बनेपछि खार्किभ क्षेत्रमा आपतकाल घोषणा गरिएको छ ।

    युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलिन्स्कीका अनुसार रूसी सेनाले यातायात र ऊर्जा पूर्वाधारलाई निशाना बनाउँदै दबाब बढाइरहेको छ । यसैबिच, रुसको भोल्गोग्राड क्षेत्रमा युक्रेनी ड्रोनको ठूलो हमला भएको छ । त्यहाँको एउटा अपार्टमेन्टमा क्षति पुगेको र कारखानामा आगो लागेको खबर आएको छ ।

    युक्रेन–रुस युद्धमा मानविय संकट र नागरिक हताहती बढ्दै गएको छ । यस्तोमा अन्तर्राष्ट्रिय समुदायले तत्काल शान्ति प्रयासको आवश्यकतालाई जोड दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij