Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । विश्व बैंकले नेपालको सार्वजनिक सेवा र सार्वजनिक पूर्वाधारलाई डिजिटलाइज गर्न पाँच लाख अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । विश्व बैंकका कार्यकारी निर्देशकहरूको बोर्डले यस्तो स्वीकृति दिएको हो ।
नेपाल डिजिटल ट्रान्सफर्मेसन परियोजनाले एकीकृत अनलाइन नागरिक सेवा पोर्टल र एकीकृत सामाजिक दर्तासहितका डिजिटल प्लाटफर्ममा लगानी गर्ने उल्लेख छ । यस परियोजनाअन्तर्गत सरकारीस्तरमा सुरक्षित डेटा आदानप्रदान प्रणाली तथा प्रमाणित कागजात र डिजिटल वालेट व्यवस्थापन गर्न डिजिटल लकर निर्माण गर्ने उल्लेख छ ।
यस परियोजनाले पहिलो चरणमा मालपोत प्रशासनलगायतका महŒवपूर्ण सरकारी सेवालाई डिजिटलाइज गर्न सहयोग गर्ने भनिएको छ । पछि अन्य सेवालाई चरणबद्ध रूपमा डिजिटलाइज गर्दै लैजाने उल्लेख छ । यसले निजी क्षेत्रको लगानी बढाउन कानुनी तथा नियामक ढाँचा सुधारमार्फत डेटा पूर्वाधार बजारलाई मजबुत बनाउने लक्ष्य राखेको छ । डिजिटल अर्थतन्त्रप्रति विश्वास बढाउन परियोजनाले इलेक्ट्रोनिक हस्ताक्षर, साइबर सुरक्षा र डेटा सुशासनमा पनि लगानी गर्ने भनिएको छ।
‘डिजिटल प्लाटफर्ममा लगानी गरी सेवालाई डिजिटलाइज गर्दै यस परियोजनाले जनतासहित व्यवसायलाई पनि समावेशी र पारदर्शी तरिकाले सेवा प्रदान गराउन मद्दत गर्नेछ । यसले सेवा पहुँच, सार्वजनिक क्षेत्रको कार्यकुशलता र सुशासन सुधार्नेछ,’ विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका क्षेत्रीय निर्देशक डेविड सिसलेनले भने ।
यो परियोजना विश्व बैंक र एसियाली विकास बैंकबिचको संयुक्त सहवित्तीय व्यवस्थामा सञ्चालन हुनेछ । परियोजना सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय परिचयपत्र विभागमार्फत कार्यान्वयन गरिनेछ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij