Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी स्याङ्जाबाट पक्राउ परेका छन् । चापाकोट नगरपालिका–३ बस्ने २९ वर्षीया सुनिता गुरूङलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
बैंकिङ कसुर मुद्दाकामा फरार रहेकी उनलाई वडा प्रहरी कार्यालय वालिङबाट खटिएको टोलीले वालिङ नगरपालिका–१ रामबाच्छाबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij