Jun 04 2026 | २०८३, जेठ २१ गते
पर्साको वीरगञ्ज–१० स्थित एक अवैध गोदाममा सशस्त्र प्रहरीले छापा मार्दा तस्कर समूहको आक्रमणबाट ३ जना सशस्त्र प्रहरी घाइते भएका छन् । आदर्शनगरमा मदन प्रसाद गुप्ताको घरमा अवैध रूपमा भण्डारण गरिएको करिब ५ लाख रुपैयाँ मूल्य बराबरको कपडा बरामद गरिएको छ। ढुंगामुढा प्रहारबाट सशस्त्र प्रहरीका दुई वटा सरकारी गाडीमा समेत क्षति पुगेको सशस्त्र प्रहरीले जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij