Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाल प्रहरी स्कुल शान्तिपुर चितवनले आफ्नो बार्षिक उत्सवको अवसरमा उपस्थित अभिभावक एवम विद्यार्थीहरुलाई घरेलु प्रकृतीको आगलागी नियन्त्रण सम्बन्धी सचेतना मुलक जानकारी प्रदान गरेको छ ।
घरमा खाना पकाउन प्रयोग हुने ग्यास, मट्टितेल जन्य प्रजोलनशिल बस्तुवाट हुन सक्ने आगलागि एवम त्यसबाट सुरक्षित रहने उपाएहरुको बारेमा विभिन्न प्रस्तुतिहरु मार्फत आफ्नो स्कुलको अभिभावकहरुलाई जानकारी गराएको थियो ।
स्कुलले आफ्नो सातौं बार्षिक उत्सव एवम अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा बागमती प्रदेश प्रहरी विपद व्यवस्थापन गुल्मका प्रशिक्षकहरुबाट ग्यास सिलिण्डरबाट र खाना पकाउन प्रयोग हुने तेल, मट्टितेलबाट के कसरी आगो सल्कन सक्छ र त्यसबाट कसरी सुरक्षीत हुने एवम आफ्नै प्रयाशबाट आगलागि नियन्त्रण कसरी गर्ने भन्ने बिषयमा जानकारी गराएको थियो ।
घर, कार्यालयहरुमा राखीने फायर एक्सिङग्युसर प्रयोगको सुरक्षित तरीका, फायरबल प्रयोग लगाएतका अन्य सचेतनामुलक जानकारी समेत प्रदान गरेको थियो । बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक रेग्मीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी स्कुल शान्तिपुर चितवनले आयोजना गरेको कार्यक्रममा उत्कृष्ट कार्य गर्ने शिक्षक, कर्मचारी, प्रहरी कर्मचारी, अभिभावकका साथै बिभिन्न विधामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई समेत सम्मान तथा पुरस्कृत गरिएको थियो ।
नेपाल प्रहरीले आफ्नो व्यवस्थापनमा देशभर ९ वटा विद्यालय संचालन गरीरहेको । प्रहरी स्कुल शान्तिपुर चितवन भने २०७५ साल देखी संचालनमा आएको हो । गत बर्षको एसईईमा उत्कृष्ट नतिजा दिन सफल उक्त स्कुलमा हाल कक्षा एक देखी १० सम्म गरी ५७० जना विद्यार्थी अध्ययन गरीरहेको विद्यालयका समादेशक प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिएका छन ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij