Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सफ्टवेरिका कलेजबाट आइटीका ४ सय विद्यार्थी दीक्षित

सफ्टवेरिका कलेजबाट आइटीका ४ सय विद्यार्थी दीक्षित

  • काठमाडौं । पालको उच्च शिक्षामा आइटी पाठ्यक्रम अध्यापन गराउँदै आएको सफ्टवेरिका कलेज अफ आइटी एण्ड इकमर्सबाट यो वर्ष ४ सय विद्यार्थी दीक्षित भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    बेलायतको प्रख्यात कोभेन्ट्री विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सफ्टवेरिका कलेजबाट स्नातकोत्तर तर्फ एमएससी डाटा साइन्स एण्ड कम्प्युटेशनल इन्टिलिजेन्स, स्नातक तह अन्तर्गत विएससी कम्प्युटिङ र विएससी इथिकल ह्याकिङ एण्ड साइबर सेक्युरिटीका विद्यार्थीहरू दीक्षित भएका हुन ।

    AGNI GROUP

    सूचना प्रविधिको विकाससँगै बजारमा विद्यमान उच्च माग र आवश्यकतालाई सम्बोधन गर्ने गरी सफ्टवेरिकाले प्रत्येक वर्ष आइटीमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ ।

    बेलायतको कोभेन्ट्री विश्वविद्यालयको प्रत्यक्ष सम्बन्धन रहेको सफ्टवेरिकाबाट स्नातक र स्नातकोत्तरमा अत्याधुनिक प्रविधि सहित इथिकल ह्याकिङ र डाटा साइन्समा विद्यार्थीहरूले विशेष दखल प्राप्त गरेका छन् । अध्ययनका क्रममा इन्टर्नसिप र शतप्रतिशत जब प्लेसमेन्ट सहायता पनि उपलब्ध गराउँदै आएको संस्थाका अध्यक्ष विज्ञान श्रेष्ठले जानकारी दिनुभयो ।

    दीक्षान्त समारोहमा कोभेन्ट्री विश्वविद्यालयकी एकेडेमी प्रो भाइस चान्सलर ज्यास्मिन सामरा र कलेज अफ इन्जिनियरिङ, साइन्स एण्ड इन्भाईरोमेन्टकी प्रमुख डा. रेवेका बट्लरले दीक्षित विद्यार्थीलाई प्रमाणपत्र हस्तान्तरण गरे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट