Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

रुसमा प्रशिक्षण विमान दुर्घटना : दुई विद्यार्थी र एक प्रशिक्षकको मृत्यु

रुसमा प्रशिक्षण विमान दुर्घटना : दुई विद्यार्थी र एक प्रशिक्षकको मृत्यु

  • काठमाडौं । रुसको ओरेनबर्ग क्षेत्रस्थित ओस्र्क सहर नजिकै सोमबार एउटा प्रशिक्षण विमान दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । स्थानीय समयअनुसार दिउँसो करिब १ बजेतिर भएको उक्त दुर्घटनामा परी विमानमा सवार सबैको मृत्यु भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    क्षेत्रीय प्रशासनका अनुसार ज्यान गुमाउनेहरूमा सेन्ट पिटर्सबर्ग स्टेट युनिभर्सिटी अफ सिभिल एभिएसनका दुई विद्यार्थी र एक जना प्रशिक्षक रहेका छन् । उनीहरू नियमित प्रशिक्षणका लागि उडानमा रहेका बेला उक्त दुःखद घटना भएको हो ।

    AGNI GROUP

    रुसी आपत्कालीन स्थिति मन्त्रालयले उद्धार टोली दुर्घटनास्थलमा पुगिसकेको र विमान खसेपछि त्यहाँ कुनै आगलागी नभएको जानकारी दिएको छ । विमान के कति कारणले दुर्घटनामा परेको हो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन ।

    स्थानीय कानुन कार्यान्वयन गर्ने निकायहरूले प्राविधिक खराबी वा मानवीय त्रुटि के थियो भन्ने पत्ता लगाउन विस्तृत अनुसन्धान सुरु गरेका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij