Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सिद्धार्थ बैंक ‘अवाड्र्स फर कर्पोरेट एक्सीलेन्स २०२५’ बाट सम्मानित

सिद्धार्थ बैंक ‘अवाड्र्स फर कर्पोरेट एक्सीलेन्स २०२५’ बाट सम्मानित

  • काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले बैंकिङ क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन प्रदर्शन गर्दै “कर्पोरेट उत्कृष्टता २०२५ को लागि पुरस्कार – वाणिज्य बैंकिङ श्रेणी” अवार्ड प्राप्त गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    कर्पोरेट क्लब नेपाल प्रालि (मानव संसाधन व्यवस्थापन) द्वारा वार्षिक रूपमा आयोजना गरिँदै आएको प्रतिष्ठित अवार्ड समारोहमा बैंकलाई यो सम्मान प्रदान गरिएको हो ।

    AGNI GROUP

    माघ १६ गते आयोजित विशेष समारोहका बीच सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले उक्त अवार्ड ग्रहण गरेका थिए ।

    बैंकले मानव संसाधन व्यवस्थापन, सुदृढ संस्थागत सुशासन तथा उच्च स्तरको कार्यसम्पादनमा पुर्‍याएको विशिष्ट योगदानको कदर गर्दै यो उपाधि प्रदान गरिएको बैंकले जनाएको छ ।

    यस उपलब्धिले ग्राहकहरूप्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाएको र आगामी दिनहरूमा अझ व्यवस्थित ढङ्गले सेवा प्रदान गर्न बैंकलाई थप प्रेरणा मिलेको विज्ञप्तिमा उल्लेख छ ।

    यस सुखद अवसरमा बैंकले आफ्ना ग्राहक, सरोकारवाला र शुभचिन्तकहरूले पुर्‍याएको अटुट सहयोगप्रति हार्दिक कृतज्ञता समेत व्यक्त गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट