Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

युवा संघको अध्यक्ष महाराज

युवा संघको अध्यक्ष महाराज

  • काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघको अध्यक्षमा महाराज गुरूङ चयन भएका छन् । शुक्रबार बसेको केन्द्रीय युवा परिषद् बैठकले गुरूङलाई अध्यक्ष बनाएको हो ।

    onlinepatrika
    Arghakhachi

    यसअघि अध्यक्ष रहेका क्षितिज थेवे केन्द्रीय कमिटी सदस्य निर्वाचित भएपछि उनले नेतृत्व हस्तान्तरण गरेका हुन् ।

    AGNI GROUP

    माथिल्लो कमिटीमा निर्वाचित भएपछि तल्लो कमिटीको पद अनिवार्य रिक्त हुने एमालेको वैधानिक व्यवस्था अनुसार युवा संघले नयाँ अध्यक्ष चयन गरेको हो । क्षेवे फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा ताप्लेजुङबाट उम्मेदवार समेत बनेका छन् ।

    अध्यक्षमा चयन भएका गुरूङ यसअघि संघको उपाध्यक्ष थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट