Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

चुनावी सुरक्षा

काठमाडौंमा सेना–प्रहरी सक्रिय

काठमाडौंमा सेना–प्रहरी सक्रिय

  • काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी जिल्ला प्रहरी परिसर काठमाडौंले गस्ती बढाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले निर्वाचन लक्षित अहिले एकीकृत सुरक्षा गस्ती समेत सुरु गरिएको बताए ।

    onlinepatrika
    Arghakhachi

    उनका अनुसार काठमाडौंमा अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती समेत सुरु गरिएको छ ।

    AGNI GROUP

    यसका साथै होटल, लजहरुमा ‘डग स्नीफिङ’सहितको जाँच समेत सुरु गरिएको प्रहरीले बताएको छ । काठमाडौंका विभिन्न ठाउँहरुमा ‘सरप्राइज चेकिङ’ समेत सुरु गरिएको छ ।

    सुरक्षा चुनौतीका खबर संकलन गर्दै त्यसलाई विश्लेषण गरी सुरक्षा रणनीति बनाएर काम गरिने एसएसपी थापाले बताए ।

    काठमाडौं जिल्लामा ३२० मतदानस्थलहरु छन् । जसमा १७६ सामान्य र १४४ संवेदनशील मतदानस्थलहरु छन् । अतिसंवेदनशील मतदानस्थल भने काठमाडौंमा एउटा पनि छैनन् ।

    निर्वाचनलाई लक्षित गरी काठमाडौंमा मात्रै ३ हजार ८५४ निर्वाचन प्रहरी भर्ना गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट