
Apr 18 2025 | २०८२, वैशाख ५ गते
ललितपुर । ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको मङ्गलवारको पहिलो खेलमा आर्मीले वालिङलाई दुई–शून्यले हराएको हो । राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले स्याङ्जाको वालिङ नगरपालिकालाई हराएको छ । शर्मिलाले खेलको पहिलो मिनेटमै गोल गर्दा विमलाले ४३ औँ मिनेटमा गोल गरिन् । जितसँगै आर्मीले आठ खेलमा १९ अङ्क जोडेको छ । आर्मी लिगको दोस्रो स्थानमा रहेको छ । शीर्षस्थानमा रहेको एपीएफको सात खेलमा २१ अङ्क छ । वालिङ आठ खेलमा ११ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij