Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नबिल बैंकको नाफा ४ अर्ब ७५ करोड

नबिल बैंकको नाफा ४ अर्ब ७५ करोड

  • काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्ष २०८२र८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिना पुससम्म बैंकले ४ अर्ब ७५ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म बैंकले ३ अर्ब २४ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यो हिसाबले बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ४६.७१ प्रतिशतले बढेको छ ।

    AGNI GROUP

    समीक्षा वर्षसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब २७ करोड ३० लाख रुपैयाँ रहेको छ। यस हिसाबले बैंकले दोस्रो त्रैमाससम्म २२।५० प्रतिशत लाभांश वितरण गर्ने क्षमता बनाएको छ ।

    चालु वर्षको पुसम्म बैंकको सञ्चालन मुनाफा ६ अर्ब ५७ करोड २६ रुपैयाँमा भएको छ । अघिल्लो वर्ष सञ्चालन मुनाफा ५ अर्ब १७ करोड ७४ लाख रुपैयाँमा सीमित थियो । बैंकको सञ्चालन मुनाफा २६.९५ प्रतिशतले बढी हो ।

    दोस्रो त्रैमाससम्म बैंकले ८ अर्ब ८ करोड ७२ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ७ अर्ब ८९ करोड ५९ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । ब्याज आम्दानी २.४२ प्रतिशतले बढेको छ ।

    चुक्तापुँजी ३२ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको बैंकको रेटिन्ड अर्निङ ३ अर्ब २७ करोड ३० लाख रुपैयाँ र रिजर्भमा ३३ अर्ब ४२ करोड ८० लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष असार मसान्तसम्म रिटेन्ड अर्निङमा ३ अर्ब ८५ करोड ५५ लाख रुपैयाँ र रिजर्भमा ३१ अर्ब ६२ करोड १६ लाख रुपैयाँ थियो ।

    समीक्षा वर्षसम्म बैंकले ५ खर्ब ६६ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ३४ अर्ब ७३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्ष असार मसान्तसम्म बैंकले ५ अर्ब २४ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब १० अर्ब ९९ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।

    समीक्षा अवधिसम्म बैंकको खराब कर्जा अनुपात ९एनपीएल० घटेर ०.८८ प्रतिशतमा पुगेको छ । अघिल्लो वर्ष यही अवधिसम्म पनि बैंकको एनपीएल १.७० प्रतिशत थियो ।

    बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ३५.०४ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष ईपीएस २४.०५ रुपैयाँ थियो । पीई रेसियो १३.९१ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ २३५.६४ रुपैयाँ रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट