Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नबिल बैंकको नाफा ४६.७१ प्रतिशतले बढ्यो

नबिल बैंकको नाफा ४६.७१ प्रतिशतले बढ्यो

  • काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    यो अवधिमा बैंकले ४ अर्ब ७५ करोड ९६ लाख ४१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ४६.७१ प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा बैंकले ३ अर्ब २४ करोड ४२ लाख ७७ हजार नाफा कमाएको थियो ।

    AGNI GROUP

    बैंकको खुद ब्याज आम्दानी, सञ्चालन नाफा बढेको छ । यस्तै इम्पेरमेन्ट चार्ज रिभर्स भएको छ । जसले नाफा बढेको छ ।
    बैंकको खुद ब्याज आम्दानी २.४२ प्रतिशतलजे बढेर ८ अर्ब ८ करोड ७२ लाख रहेको छ । यस्तै सञ्चालन नाफा २६.९५ प्रतिशत बढेर ६ अर्ब ५७ करोड २६ लाख रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ४ करोड ८८ लाख रुपैयाँ रिभर्स भएको छ ।

    ३२ अर्ब ५ करोड ६९ लाख ९९ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ३६ अर्ब ७० करोड १० लाख रुपैयाँ छ । पुस मसान्तसम्ममा बैंकले ५ खर्ब ६६ अर्ब ५ करोड ९४ लाख रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ३४ अर्ब ७३ करोड ८४ लाख कर्जा लगानी गरेको छ ।

    यो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब २७ करोड ३० लाख रुपैयाँ रहेको छ । वितरणयोग्य प्रतिसेयर आम्दानी २२ रुपैयाँ ५० पैसा रहेको छ।

    बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६ पैसा बढेर ३५ रुपैयाँ ४ पैसा छ भने प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ ६४ पैसा रहेको छ ।
    बैंकको खराब कर्जा ४.९३ प्रतिशतबाट ४.२५ प्रतिशत रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट