Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँड आज हुँदै

सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँड आज हुँदै

  • काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आईपीओ) आज बाँडफाँड हुने भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले दिउसो साढे ३ बजे आईपीओ बाँडफाँड हुने जानकारी दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    कम्पनीले सर्वसाधारणका लागि पुस २९ गतेदेखि माघ ४ गतेसम्म ८२ करोड रुपैयाँको ८२ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।

    AGNI GROUP

    यस आइपिओमा २५ लाख ७० हजार ४२२ जनाले आवेदन दिएका छन् भने ८ लाख २० हजारलाई १०/१० कित्ताको दरले शेयर पर्ने छ । बाँकी १७ लाख ५० हजार भन्दा बढी लगानीकर्ताको हात रित्तै हुने छ ।

    कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको सेयर बाँडफाँडपछि सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो । कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।

    जसमध्ये कम्पनीले १ करोड कित्ता स्थानीयका लागि निष्कासन गरेको सेयरको प्रिअलटमेन्ट गरिसकेको छ । कम्पनीले १० लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बाँडफाँड गरिसकेको छ । त्यस्तै, कम्पनीले ५ लाख कित्ता सेयर सामूहिक लगानी कोष र ३ लाख कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरेको छ ।

    कम्पनीले आइपिओ निष्कासनका लागि इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालबाट आइआरएन डबल बी इस्यूअर रेटिङ्ग पाएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij