Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

अछाममा जिप दुर्घटना: एक जनाको मृत्यु, दुई घाइते

अछाममा जिप दुर्घटना: एक जनाको मृत्यु, दुई घाइते

  • काठमाडौँ । अछामको कमलबजार नगरपालिका–७ स्थित क्वाल्लेखमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। गएराति तुर्माखाँद गाउँपालिका–३ का २६ वर्षीय पुष्प बुढाले चलाएको से १ ज ६१३ नम्बरको जिप सडकबाट करिब दुई सय मिटर तल खस्दा कमलबजार नगरपालिका–७ का ३४ वर्षीय कर्ण भाटको मृत्यु भएको हो।

    onlinepatrika
    Arghakhachi

    दुर्घटनामा गम्भीर घाइते भएका भाटको जिल्ला अस्पताल मङ्गलसेनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए। घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय कमलबजारबाट प्रहरी निरीक्षक सरोजकुमार कैलाको कमाण्डमा खटिएको प्रहरी टोलीले घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पुर्‍याएको थियो।

    AGNI GROUP

    दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्। घाइते हुनेहरूमा मृतक भाटका १३ वर्षीय छोरा मीनबहादुर भाट र सोही ठाउँका ३० वर्षीय बद्री भाट रहेका छन्। दुवै जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत रेफर गरिएको प्रहरीले जनाएको छ। जिप चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij