Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

निफ्राको नाफा ३६.१५ प्रतिशतले घट्यो

निफ्राको नाफा ३६.१५ प्रतिशतले घट्यो

  • काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालु आर्थिक वर्षको पुस मसान्तम्म ४० करोड ९९ लाख ४० हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.१५ प्रतिशत थोरै हो । गत आवको सोही अवधिमा बैंकले ६४ करोड १९ लाख ८६ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । यो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकोछ । जसमा असर नाफामा परेको छ ।

    AGNI GROUP

    बैंकको खुद ब्याज आम्दानी २९.०९ प्रतिशतले घटेर ७४ करोड ७ लाख २० हजार रुपैयाँ रहेको छ । यस्तै खुद फि तथा कमिशन आम्दानी ४.५१ प्रतिशत बढेर १ करोड ५१ लाख ९१ हजार रुपैयाँ रहेको छ ।

    बैंकको सञ्चालन नाफा ३६.०४ प्रतिशतले घटेर ५८ करोड ६५ लाख ९० हजार रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको वितरणयोग्य नाफा ३३.३७ प्रतिशत घटेर ३४ करोड ७८ लाख ९२ हजार रुपैयाँ रहेको छ ।

    बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ १५ पैसाले घटेर ३ रुपैयाँ ८० पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ७५ पैसा छ ।

    २१ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब १८ करोड ५७ लाख रुपैयाँ छ ।

    पुस मसान्तसम्ममा बैंकले ८ अर्ब ११ करोड ६२ लाख रुपैयाँ निक्षेप संकलन गरेर २७ अर्ब ४१ करोड १६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट