Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भक्तपुर २ : महेश बस्नेतविरुद्ध रास्वपाका राजीव खत्री भिड्ने

भक्तपुर २ : महेश बस्नेतविरुद्ध रास्वपाका राजीव खत्री भिड्ने

  • काठमाडौं । भक्तपुर २ मा एमालेमा प्रभावशाली नेता महेश बस्नेतविरुद्ध रास्वपाले राजीव खत्रीलाई उठाउने भएको छ । खत्रीले काठमाडौं १० मा उठाउने तयारी गरेको भए पनि भक्तपुर २ मा टुंगो लागेको हो ।

    onlinepatrika
    Arghakhachi

    जेन-जी आन्दोलनपछि बस्नेतले काठमाडौं महानगरका मेयर बालेन्द्र साहविरुद्ध जेहाद छेड्दै आएका छन् । त्यसैले साहले ‘जसरी पनि बस्नेतलाई हराउने’ उद्देश्यसहित खत्रीलाई अघि सार्न चाहेको बुझिएको छ । खत्री पूर्वसञ्चारकर्मी हुन् ।

    AGNI GROUP

    सामाजिक सञ्जालमा बस्नेत र खत्रीको पनि वाकयुद्ध चल्ने गरेको थियो । खत्रीले बस्नेतविरुद्ध तीखा टिप्पणी गरिरहँदा बस्नेतले पनि खत्रीको नामै लिएर उस्तै जवाफ दिने गरेका छन् । उनीहरूको आपसी कटुताले गर्दा चुनावी भिडन्त पनि रोचक हुने भएको छ ।

    भक्तपुर २ बस्नेतको निर्वाचन क्षेत्र हो भने खत्री काठमाडौं १० बासिन्दा हुन् । गत आमनिर्वाचनमा बस्नेत पराजित भएका थिए । खत्री भने भर्खरै राजनीतिमा होमिएर पहिलोपटक चुनाव लड्दैछन् ।

    खत्रीले काठमाडौं १० बाटै लड्न पार्टीमा इच्छा व्यक्त गरेका थिए । तर, पार्टी सभापति रवि लामिछाने र बालेनको सल्लाहमा उनलाई भक्तपुर पठाउने निधो भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट