Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

क्यासिनोसहित चार तारे गौतमबुद्ध इन्टरनेशनल होटल सञ्चालन

क्यासिनोसहित चार तारे गौतमबुद्ध इन्टरनेशनल होटल सञ्चालन

  • काठमाडौं । रुपन्देहीको भैरहवा–लुम्बिनी सडकखण्ड अन्तर्गत सिद्धार्थनर–१० स्थित गौतमबुद्ध एयरपोर्ट होटल क्यासिनोसहित चार तारेमा स्तरबृद्धि भएको छ।

    onlinepatrika
    Arghakhachi

    यसअघि तीन तारे होटल नयाँ व्यवस्थापनसहित गौतमबुद्ध इन्टरनेशनल होटल नामबाट सञ्चालनमा आएको हो।

    AGNI GROUP

    होटलमा यसअघि ४० भन्दाबढी सुविधायुक्त कोठा थिए। अहिले चार तारेमा स्तरबृद्धिकालागि २० वटा कोठा थप गरिएको छ। यसको व्यवस्थापन सम्हालिरहेको माउरी सोलुसन हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) देवकुमार खड्काले सुरुको लगानीमा थप १५ करोड रुपैयाँ भन्दा बढी लगानी गरेर नयाँ स्वरुपमा होटल सञ्चालनमा ल्याइएको हो।

    होटल गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट ७ मिटर दूरीमै रहेको छ। पछिल्लोपटक होटलमा ५ सय जना अट्ने बेंक्विट हल निर्माण गरिएको छ । होटलको छतमा १ सय ५० जना अट्ने एयरपोर्ट भ्यूसहितको लाउन्ज सञ्चालनको अन्तिम चरणमा रहेको खड्काले बताए । यसकासाथै २४ सैं घण्टा स्पा, साउना, ज्याकुजी र स्टीम सुविधा उपलब्ध छ । होटलमा स्विमिङ पुल र हेल्थ क्लब रहेको छ । ‘होटललाई अपग्रेड गर्न चार वर्षभन्दा धेरै समय लाग्यो,’ उनले भने, ‘विमानस्थल नजिकै स्तरीय होटल बनाएका छौं । यसबाट पर्यटक खुसी हुनेछन् ।’

    होटल र क्यासिनोमा गरेर करिब ४० करोड लगानी थप भएको उनले बताए । नजिकै रहेको अन्तराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडान सञ्चालन भएको खण्डमामात्र लगानी सुरक्षित हुने भएकाले त्यसका लागि दबाब दिन स्थानीय सरोकारवालसित उनले आग्रह गरे ।

    होटलमा बिहीबारबाट रोयल कालिङगा मिनी क्यासिनो पनि सञ्चालनमा आएको छ । क्यासिनो व्यवस्थापनले माघे संक्रान्तिको अवसरमा बिहीबार यसको सुरुवात गरेको हो । १५ करोड रुपैयाँभन्दा धेरैं लगानी गरेर क्यासिनो सञ्चालनमा ल्याइएको मनलक्ष्मी इन्टरप्राइजेजले जनाएको छ । क्यासिनोका महाप्रबन्धक लक्ष्मण बोहराले हस्पिटालिटी क्षेत्रमा आफ्नो लामो अनुभव उपयोग गरेर व्यवस्थित रुपमा क्यासिनो सञ्चालन गर्ने जनाए।

    उनकाअनुसार क्यासिनोमा डेढ सय कर्मचारी रहेका छन् । भारतीय पर्यटक लक्षित गरेर क्यासिनो सञ्चालनमा ल्याइएको उनले बताए । ‘हामीले भारतमा मार्केटिङमा जोड दिएका छौं,’उनले भने, ‘त्यही अनुसार ग्राहकलाई सन्तुष्टि प्रदान गर्न सेवा सुविधा उपलब्ध गराएका छौं ।’ क्यासिनो सञ्चालनकालागि आवश्यक सम्पूर्ण नियम पूरा गरिएको उनले बताए । राज्यको नियम पालना गरेर पर्यटकलाई सेवा दिन लागि पर्ने उनले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट