Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

६ महिनामा ५ खर्ब ८१ अर्ब राजस्व संकलन

६ महिनामा ५ खर्ब ८१ अर्ब राजस्व संकलन

  • काठमाडौँ । चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो ६ महिनामा सरकारले ५ खर्ब ८१ अर्ब ४१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। यो अर्धवार्षिक लक्ष्य ७ खर्ब ११ अर्ब २१ करोडको ८१.७५ प्रतिशत मात्र हो। अर्थ मन्त्रालयका अनुसार, लक्ष्यभन्दा करिब १ खर्ब ३० अर्ब कम संकलन भएको छ।

    onlinepatrika
    Arghakhachi

    पुस महिना परम्परागत रूपमा राजस्व संकलनको उच्चतम सिजन मानिन्छ। पुसमा मात्र १ खर्ब ७१ अर्ब ६३ करोड रुपैयाँ उठेको छ, जबकि लक्ष्य १ खर्ब ९० अर्ब ७७ करोड थियो। बुधबार पुस ३० मा २० अर्ब २६ करोड रुपैयाँ सरकारी खातामा दाखिला भएको तथ्यांक छ।

    AGNI GROUP

    गत वर्ष पुस मसान्तसम्म ५ खर्ब ६७ अर्ब ४० करोड संकलन भएको थियो। यस वर्ष करिब १४ अर्ब रुपैयाँले सुधार भए पनि लक्ष्यसँगको दूरी घटेको छैन।

    वार्षिक लक्ष्य १४ खर्ब ८० अर्ब पूरा गर्न अब बाँकी ६ महिनामा करिब ९ खर्ब संकलन आवश्यक छ। अर्थविद्हरू भन्छन्आ-र्थिक गतिविधि अपेक्षाअनुसार नबढेमा राजस्व दबाब बढ्नेछ, जसले विकास खर्च, सामाजिक कार्यक्रम र समग्र आर्थिक स्थिरतामा असर पार्न सक्छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट