Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

अध्यागमन अधिकारीले गोली चलाउँदा एक महिलाको मृत्यु

अध्यागमन अधिकारीले गोली चलाउँदा एक महिलाको मृत्यु

  • काठमाडौं । अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलिस सहरमा अमेरिकी अध्यागमन अधिकारीले एक ३७ वर्षीया एक महिलालाई गोली हानी हत्या गरेपछि विवाद चर्किएको छ ।

    onlinepatrika
    Arghakhachi

    बिबिसीका अनुसार स्थानीय अधिकारीहरूले यो घटना आत्मरक्षाका लागि भएको भन्ने ट्रम्प प्रशासनको दाबी अस्वीकार गरेका छन् । अमेरिकी गृह सुरक्षा विभागले रेनी निकोल गुड नामकी ती महिलाले अध्यागमन एजेन्टहरूलाई गाडीले किच्ने प्रयास गरेको दाबी गरेको छ । मिनियापोलिसका मेयर ज्याकोब फ्रेले भने यसलाई ’शक्ति प्रयोग’ को घटना भनेका छन् ।

    AGNI GROUP

    अवैध आप्रवासीविरूद्ध राष्ट्रपति डोनाल्ड ट्रम्पले देशव्यापी कारबाही थालेपछि सयौं अध्यागमन एजेन्टहरू मिनियापोलिसमा तैनाथ गरिएका छन् । बुधबार बिहान करिब १०:२५ बजे भएको गोलीकाण्डको क्षण सामाजिक सञ्जालमा राखिएका भिडिओहरूमा देखिन्छ ।

    विभिन्न कोणबाट खिचिएका ती भिडिओमा मिनियापोलिसको एक आवासीय सडकमा एक एसयुभी गाडी बाटो छेकेर रोकिएको देखिन्छ । सडक छेउमा विरोध प्रदर्शन गरिरहेका जस्ता देखिने मानिसहरूको भिड उभिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij