Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

डिजिटल वित्तीय सेवामा पहुँच, सुरक्षा र सचेतना

डिजिटल वित्तीय सेवामा पहुँच, सुरक्षा र सचेतना

  • काठमाडौं । डिप्रोक्स र ईसेवाको आयोजनामा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका १०० जना भन्दा बढी सदस्यहरुलाई वीरगञ्ज, पर्सामा वित्तीय तथा डिजिटल साक्षरता र ईसेवा मार्फत आइएमइ भुक्तानी सम्बन्धी एकदिने तालिम कार्यक्रम सम्पन्न भयो ।

    onlinepatrika
    Arghakhachi

    उक्त तालिमको उद्देश्य सदस्यहरुमा वित्तीय तथा डिजिटल सचेतना अभिवृद्धि गर्नु, सुरक्षित र भरपर्दो डिजिटल कारोवार प्रवद्र्धन गर्नु तथा ईसेवा मार्फत सहज रुपमा आइएमइ भुक्तानी गर्न सदस्यहरुलाई प्रोत्साहन गर्नु थियो ।

    AGNI GROUP

    साथै, समयमै आइएमइ भुक्तानी गर्ने बानीको विकास गर्दै डिजिटल वित्तीय सेवाको प्रयोग मार्फत वित्तीय अनुशासनलाई सुदृढ बनाउने विषयमा पनि विशेष ध्यान दिइयो ।

    सदस्यहरुले डिजिटल भुक्तानी प्रणालीको प्रयोग, सुरक्षा सावधानी तथा वित्तीय व्यवस्थापन सम्बन्धी महत्वपूर्ण जानकारीले आफूहरुलाई वित्तीय व्यवस्थापनमा सकारात्मक सोच प्राप्त भएको र सोही अनुरुप डिजिटल वित्तीय सेवा प्रयोग गर्नेे प्रतिवद्धता व्यक्त गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट