Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

खल्ती वालेटका प्रयोगकर्ताले नबिल बैंकका एटीएमबाट रकम निकाल्न पाउने

खल्ती वालेटका प्रयोगकर्ताले नबिल बैंकका एटीएमबाट रकम निकाल्न पाउने

  • काठमाडौं । खल्ती डिजिटल वालेटका प्रयोगकर्ताले अब नबिल बैंकका एटीएमबाट खल्ती एप प्रयोग गरी कार्ड बिनै नगद निकाल्न सक्ने भएका छन् । यसका लागि नबिल बैंक र खल्ती वालेटबीच सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

    onlinepatrika
    Arghakhachi

    सम्झौताअनुसार खल्तीका प्रयोगकर्ताले मुलुकभर रहेका नबिल बैंकका एटीएमबाट कुनै पनि एटीएम कार्डको प्रयोग नगरी खल्ती वालेटमा रहेको रकम सहज रूपमा नगद निकाल्न सक्ने बैंकले जनाएको छ । वालेट र एटीएम प्रणालीलाई आपसमा जोडेर डिजिटल भुक्तानी सेवालाई थप विस्तार गर्ने उद्देश्यले उक्त सम्झौता गरिएको बैंकको भनाइ छ ।

    AGNI GROUP

    सम्झौताअनुसार खल्ती प्रयोगकर्ताले दैनिक अधिकतम ५ हजार रुपैयाँ र मासिक रूपमा अधिकतम २५ हजार रुपैयाँसम्म नगद निकाल्न सक्ने व्यवस्था गरिएको छ ।

    नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईंले यस सहकार्यले बैंकको एटीएम नेटवर्कलाई डिजिटल वालेट प्रयोगकर्तासम्म विस्तार गर्न सहयोग पुगेको बताए । “नबिल बैंक प्रविधिको अधिकतम उपयोग गर्दै ग्राहकलाई सहज र सुरक्षित सेवा प्रदान गर्न प्रतिबद्ध छ,” उनले भने, “यस सुविधाले ग्राहकको समय बचत हुनुका साथै कार्ड व्यवस्थापनको झन्झटसमेत हट्नेछ । यसले नेपालको फिनटेक इकोसिस्टममा डिजिटल रूपान्तरणप्रति नबिल बैंकको प्रतिबद्धतालाई अझ बलियो बनाउनेछ,” उनले थपे ।

    खल्ती वालेटका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले नबिल बैंकसँगको सहकार्य डिजिटल अर्थतन्त्र निर्माणतर्फको महत्वपूर्ण कदम भएको बताए । “यस सम्झौताले बैंकको विशाल एटीएम सञ्जालमा खल्ती प्रयोगकर्ताको पहुँच सहज बनाउनेछ,” उनले भने, “हाम्रा वित्तीय कारोबारलाई छिटो, सरल र सुरक्षित बनाउने लक्ष्यअनुसार यो सहकार्य गरिएको हो ।”

    यो सेवा सुरु भएसँगै खल्ती वालेटका प्रयोगकर्ताले नगद आवश्यकताको सहज पूर्ति गर्न सक्ने बैंकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट