Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

७ सचिवको सरुवा, को कहाँ

७ सचिवको सरुवा, को कहाँ

  • काठमाडौँ । सरकारले ७ सचिवको सरुवा गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    पुस ११ गतेको मन्त्रिपरिषद् बैठकले गृह सचिव रामेश्वर दंगाललाई लोक सेवा आयोगमा सरुवा गरेको छ । गृह सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठलाई सरुवा गरिएको छ ।

    AGNI GROUP

    यस्तै लोक सेवा आयोगका सचिव किरणराज शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव  कृष्णहरी पुष्करलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ भने राष्ट्रपति कार्यालयका सचिव दिपक काफ्ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ल्याइएको छ ।

    युवा तथा खेलकुद सचिव डा.हरि लम्साललाई राष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ ।लम्सालको ठाउँमा उपराष्ट्रपति कार्यालयका लोकनाथ पौडेललाई ल्याइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट