Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारहरूलाई नगदसहित सम्मान गरेको छ ।
शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले घाइते भएका चार जना पत्रकारहरुलाई नगदसहित सम्मानपत्र प्रदान गरेका हुन् ।
आन्दोलनका क्रममा घाइते भएका पत्रकार शम्भु दंगाललाई १ लाख, पत्रकार उमेश कार्की, दिपेन्द्र ढुङ्गाना र श्याम श्रेष्ठलाई जनही २५ हजार नगदसहित सम्मान गरिएको हो ।
मन्त्री खरेलले घाइते पत्रकारहरू रोजगारबिहीन भए पत्रकार महासंघले उनीहरूलाई कुनै नै कुनै सञ्चारमाध्यममा रोजगारीको पहल गर्नुपर्ने बताए । सो क्रममा घाइते पत्रकारहरूले आफूहरूलाई विभेद नगर्न सरकारसँग आग्रह गरेका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij