Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

४ महिनामा भित्रियो पौने ७ खर्ब रेमिट्यान्स

४ महिनामा भित्रियो पौने ७ खर्ब रेमिट्यान्स

  • काठमाडौं । चालु आर्थिक वर्षको कात्तिक महिनामा असोजको तुलनामा रेमिट्यान्स आप्रवाह घटेको छ । असोज महिनाको तुलनामा कात्तिक महिनामा ६४ अर्बले रेमिट्यान्स घटेको हो ।

    onlinepatrika
    Arghakhachi

    २०८२ कात्तिक महिनामा १ खर्ब ३३ अर्ब ८२ करोड रेमिट्यान्स भित्रिएको छ । असोज महिनामा २ खर्ब १ अर्ब रुपैयाँ बराबर भित्रिएको थियो । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा रेमिट्यान्स आप्रवाह ३१.४ प्रतिशत वृद्धि भई ६ खर्ब ८७ अर्ब १३ करोड छ ।

    AGNI GROUP

    गत आवको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ९.४ प्रतिशत बढेको थियो । गत आवको कात्तिक महिनामा रेमिट्यान्स आप्रवाह १ खर्ब १४ अर्ब ३१ करोड रहेको थियो ।
    चालु आवको चार महिना अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २५.३ प्रतिशतले वृद्धि भई ४ अर्ब ८८ करोड पुगेको छ । गत आवको अघिल्लो वर्ष यस्तो आप्रवाह ८.२ प्रतिशत बढेको थियो ।

    चालु आवको कात्तिकसम्ममा खुद द्वितीय आय ७ खर्ब ५४ अर्ब ९३ करोड पुगेको छ । गत आवको सोही अवधिमा यस्तो आय ५ खर्ब ६९ अर्ब २९ करोड रहेको थियो ।

    चालु आवको कात्तिकसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या एक लाख ४५ हजार ९ सय ७३ र पुन: श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख २७ हजार ८ सय ३७ रहेको छ । गत अवाको सोही अवधिमा यस्तो सङ्ख्या क्रमश: एक लाख ४७ हजार ४ सय ७८ र ९४ हजार १०५ थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट