Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

जितसँगै चेल्सी प्रिमियर लिगको पाँचौं स्थानमा

जितसँगै चेल्सी प्रिमियर लिगको पाँचौं स्थानमा

  • काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले जित हात पारेको छ । आइतवार राति भएको खेलमा चेल्सीले सेफिल्ड युनाईटेडलाई २(१ गोल अन्तरले पराजित गरेको हो । खेलको ४३ औं मिनेटमा माउन्टले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । खेलको ५४ औं मिनेटमा चेल्सीका एन्टोनियो रुडिगरले आत्मघाती गोल गर्दा खेल १(१ को बराबरीमा पुग्यो ।

    images
    images
    images

    खेलको ५८ औं मिनेटमा जोर्गिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई २(१ को जित दिलाए । जितसँगै चेल्सी लिगको पाँचौं स्थानमा उक्लिएको छ । चेल्सीले २३ खेलमा ३ अंक जोडेको छ । सेफिल्ड ११ अंक जोडेर पुछारमा रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij