Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

पूर्वएआईजी पोखरेल आज रास्वपा प्रवेश गर्दै

पूर्वएआईजी पोखरेल आज रास्वपा प्रवेश गर्दै

  • काठमाडौं । नेपाल प्रहरीका पूर्वएआईजी विश्वराज पोखरेल आज शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने भएका छन् । वनस्थलीस्थित पार्टी कार्यालयमा हुने कार्यक्रममा उनी रास्वपामा प्रवेश गर्न लागेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    रास्वपाले उनलाई अनुशासन आयोगमा जिम्मेवारी दिने भएको छ । पूर्वएआईजी पोखरेललाई भावी आईजीपीको रूपमा समेत हेरिएको थियो । तर तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले एआईजीमा उनीभन्दा १६ महिना जुनियर धिरजप्रताप सिंहलाई आईजीपी बनाएपछि उनी एआईजीबाटै अवकाशमा गएका थिए ।

    AGNI GROUP

    बिचौलिया समूहले आईजीपी बन्ने भए ७ करोड रुपैयाँको प्रस्ताव गरेको तर आफूले अस्वीकार गरेको अभिव्यक्ति उनले केही समयअघि दिएका थिए ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij