Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौं । सशस्त्र प्रहरी बलका एसपी समिककुमार महर्जन एसएसपी बढुवाका लागि सिफारिस भएका छन् ।
बढुवा सिफारिस समितिले बिहीबार महर्जनलाई एसएसपी बढुवाका लागि सिफारिस गरेको हो ।
रिक्त एक एसएसपीमा सिफारिस भएका महर्जनले अब सात दिनसम्म पनि कुनै उजुरी नपरे बढुवाको दर्ज्यानी चिन्ह प्राप्त गर्नेछन् ।
यस्तै, सशस्त्रकै प्राविधिक एसएसपी पदमा डा. प्रवीण नेपाल बढुवाका लागि सिफारिस भएका छन् । उनी स्वास्थ्य समूह तर्फका एसपी हुन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij