Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । शुक्रबार बिहान करिब १०:०८ बजे बंगलादेशमा ५.७ म्याग्निच्युडको भूकम्प जाँदा तीन जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन् ।
भूकम्पको केन्द्रबिन्दु ढाकाबाट २५ किलोमिटर टाढा रहेको नरसिंदीको माधबादी थियो । भूकम्पको धक्का यति शक्तिशाली थियो कि दश तल्ले भवन छेउतिर ढल्कियो । बंगलादेशमा भइरहेको बंगलादेश-आयरल्यान्ड अन्तर्राष्ट्रिय क्रिकेट खेल पनि रोकिएको थियो ।
स्थानीय मिडियाले छ जनाको मृत्यु भएको दाबी गरेको छ, यद्यपि प्रहरीले अहिलेसम्म तीन जनाको मृत्युको पुष्टि गरेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij